सतर्कता केन्द्र उत्रियो मैदानमा, आज सिंहदरबारमा अनुगमन

Share:

३२ जेठ, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्र क्रियाशील भएको छ । कर्मचारीहरु हाजिर गरेर टाप कस्ने गरेको गुनासो बढेपछि सतर्कता केन्द्रले आज सिंहदरबार दक्षिण गेटमा बसेर भित्रका कर्मचारीहरुको छड्के अनुगमन गरेको हो ।

अधिकांश व्यक्तिगत कामका लागि सिंहदरबार भित्रबाट बाहिर निस्किएको देखिएकोले सतर्कता केन्द्रले सिंहदरबारबाट बाहिरिने कर्मचारीहरुको परिचय पत्र निरीक्षण गर्दै उनीहरुको व्यक्तिगत विवरण, कार्यालय, कर्मचारी संकेत नम्बर र बाहिर जानुको कारणसमेतको विवरण टिपोट गरेको छ । कर्मचारीहरुले व्यक्तिगत काम, छलफल, तेल हाल्न, अस्पताल जान, चिठ्ठी पुर्याउन, खाना खान, संसद भवन जान लगायतका विवरण टिपाएको पाईएको छ ।

कर्मचारीहरु कार्यालय समय सुरु हुँदा हाजिर गर्ने, व्यक्तिगत कामका लागि दिनभर हराउने र बेलुका कार्यालय समय सकिने बेला फेरि हाजिर गरेर हिँड्ने गरेको गुनासो बढेपछि सतर्कता केन्द्रले आज बिहान १० बजेदेखि छड्के अनुगमन गरेको हो ।

कमेन्ट गर्नुहोस्