काठमाडौं । नेपाल सरकारको मुख्य सचिव पदमा वैकुण्ठ अर्याल नियुक्त भएका छन् । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
आगामी असोज मसान्तसम्म कार्यकाल रहेका हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवको रुपमा कार्यरत अर्याल वर्तमान सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका थिए भने उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।
कमेन्ट गर्नुहोस्







