
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मौसम सम्बन्धि जानकारी गराउदै सुदूरपश्चिम प्रदेशका केहि पहाडी भूभागमा सामन्य बदली भई अन्य स्थानको मौसम सफा रहने तथा देशभरको तापक्रम बढ्ने भएको छ ।
महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायु कमजाेर भएकोले तत्काल पानी पर्ने सम्भावना छैन त्यसैले गर्मी बढ्ने क्रम अझै केही दिन जारी रहन्छ । उपत्यकामा दिउँसो केहीबेर मौसम बदली हुने जस्तो देखिए पनि बर्षाको सम्भावना भने नरहेको तथा तराईका केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ।
कमेन्ट गर्नुहोस्







