
काठमाडौं, जेठ १९ गते । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा उच्च बृद्धी कायम भएको छ । शुक्रबार सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य हाल सम्म कै उच्च हो । तेजाबी सुनको मूल्य तोलामा आठ सय रुपियाँले बढेर एक लाख १२ हजार ७५० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यसैगरी, शुक्रबार चाँदी तोलामा २५ रुपियाँले बढेर एक हजार ४३५ रुपियाँ पुगेको छ । बिहीबार चाँदी एक हजार ४२० रुपियाँमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्







