भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

Share:

काठमाडौं । भारतीय आयल कर्पोरेसन ले नेपाल आयल निगमलाई उपलब्ध गराएको नया मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नया मूल्य अनुसार पेट्रोल तथा डिजेलको मूल्य बढेको छ भने ग्याँसको मूल्य घटेको छ । नयाँ मूल्यअनुसार डिजेल लिटरमा २ रुपैयाँ ११ पैसा र पेट्रोलमा २ रुपैयाँ ४ पैसा बढेको छ ।

यस्तै हवाई इन्धनको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको छ भने खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर ४९ रुपैयाँले घटेर प्राप्त भएको निगमले जनाएको छ । नयाँ मूल्यपछि १५ दिनमा निगम एक अर्ब ७५ करोड रुपैयाँ नाफामा छ ।

नेपाल आयल निगम श्रोतका अनुसार नेपाल मा मूल्य पुनरावलोकन हुने नहुने संचालक समिति को बैठक पश्चात मात्रै थाहा हुने भएको छ ।

कमेन्ट गर्नुहोस्