पञ्चेश्वरको डीपीआर तीन महिनामा पूरा गर्ने सहमति

Share:

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले गरेको संयुक्त पत्रकार सम्मेलनमा पञ्चेश्वर बहुद्देश्यीय आयोजनालाई तीव्रताका साथ अघि बढाइने सहमति भएको छ।

पत्रकार सम्मेलमा नेपालका प्रधानमन्त्री प्रचण्डले पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको डीपीआर आगामी तीन महिनाभित्रै सम्पन्न गरेर निर्माण प्रक्रियालाई तीव्रता दिने विषयमा सहमति भएको बताए । साथै आ-आफ्ना देशका सम्बन्धित अधिकारीलाई सो सम्बन्धमा    आवस्यक निर्देशन पनि दिइसकेको अवगत गराएका छन् ।

डीपीआर पूरा भएको एक वर्षभित्रमा आयोजनाको मोडालिटीका विषयमा दुई देशबीच सचिव स्तरीय छलफलमार्फत निर्णय गरिने प्रचण्डले बताए ।

कमेन्ट गर्नुहोस्