इन्डियन आयल कर्पोरेसन र गोल्छा समूह बीच आयल उत्पादन गर्ने सम्झौता सम्पन्न

Share:

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) र गोल्छा समूह बीच काठमाडौंको फोहोर व्यवस्थापन लगायतका परियोजनामा काम गर्नेगरी सम्झौता भएको छ । भारतीय उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ ले संयुक्त रूपमा आयोजना गरेको इन्डिया–नेपाल बिजनेस समिटमा दुई पक्षबीच हस्ताक्षर भएको हो ।

उक्त अवसरमा जनाइएअनुसार गोल्छा  समूह र भारतीय आयल कर्पोरेसनसँगको  सहकार्यमा नयाँ कम्पनी स्थापना गरी नेपालमा इन्जिन आयल, औद्योगिक आयल र बिटुमिन उत्पादन गर्नुका साथै काठमाडौं उपत्यकामा संकलन हुने फोहोरबाट बिजुली उत्पादन र कम्पोस्ट मल उत्पादनको सम्भाव्यता समेत अध्ययन गर्नेछ ।

यसै बिषयमा काठमाडौँ महानगरले दुई वटा डाइजेस्ट प्लान्ट ल्याएर टेकुमा समेत राखेको थियो । महानगरले २० प्रतिशत र युरोपियन युनियनले ८० प्रतिशत  लगानी गर्ने गरि सुरु गरिएको उक्त परियोजनाका लागि प्लान्ट स्थापना गर्नमै १ करोड ८६ लाख रुपैयाँ खर्च भएको थियो । २०७४ सालतिर काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यले उक्त बायोग्यास प्लान्सको उद्घाटन पनि गरेका थिए ।

दैनिक काठमाडौंभित्र उत्पादन हुने फोहोरबाट ३ मेट्रिक टन जैविक फोहोर प्रयोग गरि १४ किलोवाट बिजुली, ३ सय किलो कम्पोस्ट मल, ९६ किलो ग्यास र १३ हजार लिटर प्रशोधित पानी उत्पादन हुने भनिएकोमा उपकरणरू हालअलपत्र अवस्थामा छन् ।

 

कमेन्ट गर्नुहोस्