
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सात बुँदे सम्झौतामा हस्ताक्षर भएको छ। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सात बुँदे सम्झौतामा हस्ताक्षर भएको जानकारी गराइएको हो।
पेट्रोलियम पाइपलाइन, तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्टलगायतमा सम्झौता सम्पन्न भएको छ भने दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सुनौली–भैरहवा इन्टीग्रेटेड चेक पोष्ट तथा बथनाहा बिराटनगर कार्गो रेल, अमलेखगञ्जदेखि चितवनको लोथर सम्म पेट्रोलियम पाईपलाइनको शिलन्यास, गोरखपुर–न्यू बुटवल चार सय केभी डबल सर्किट ट्रान्समीसन लाइन निर्माणको शिलन्यास गर्नुभएको छ |
भारतको सिलिगुडीदेखि नेपालको झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण तथा अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि समझदारी भएको बताईएको छ।







