
काठमाडौं, ९ जेठ । सेयर बजारमा मंगलबार दोहोरो अंकको बढोत्तरी भएको छ । बजार सवा २ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भई ५१।३१ अंकले बढेर १९४२।६३ को विन्दुमा उक्लिएको छ। त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८।८३ अंकले बढेर ३६७।७२ को विन्दुमा पुगेको छ। २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर २ अर्ब २० करोड २३ हजार ९४६ रुपैयाँमा किनबेच भएका छन् ।
आज कारोबार भएका कम्पनीमध्ये २१९ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने २ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । सिमेन्टको सर्वाधिक १० करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
नागरिक लगानी कोष, युनिलिभर नेपाल, एनआईसी एसिया बैंक, हिमालयन एभरेस्ट इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, सूर्यज्योति लाइफ इन्स्योरेन्स, नेपाल टेलिकम, एभरेस्ट बैंक र नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।







