
हेटौडा, ९ जेठ । मंगलबार बाट सुरु भएको बागमती प्रदेशको प्रदेशसभामा वक्ताहरुले बजेट निर्माण, मन्त्रिपरिषद बिस्तार र सरकारको काम कारवाहीका विषयमा आलोचना गरेका छन् ।
प्रतिपक्षी दल राप्रपाका नेता उद्धव थापाले सरकारले मन्त्रालय भन्दा बढी मन्त्री बनाइईएको विषयमा प्रश्न गरेका छन् । जनमैत्री बजेट बनाउनु पर्ने र सहमती र सहकार्य बाट बजेट नबने पास हुन नदिने समेत चेतावनी दिएका छन् । उनले २०४६ साल पछिका नेताहरुको सम्पत्ती छानविन गर्नुपर्ने र सो को सुरुवात आपैmबाट गर्न समेत अनुरोध गरेका छन् ।
त्यसैगरी प्रमुख प्रतिपक्षमा रहेको नेकपा एमाले संसदिय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले आप्mनो मन्तव्य राख्ने क्रममा सरकारले ल्याएको चिठ्ठा कार्यक्रमले निजीक्षेत्रको कालोधन सेतो बनाउने दावी गर्दै डढेलोबाट पिडित जनताको दुख लत्याउदै चिठ्ठा विधेयक ल्याएर व्यपारीको हितमा सरकार बढेको भन्दै आलोचना समेत गरेका छन् ।
ि
विपक्षीदल नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्रराज गोसाईले सरकारको उपलब्धी सरकार गठन पुनर्गठन रहेको भन्दै ब्यंग गरेका छन् । साथै बागमतीको सरकार निमार्ण हेटौंडाले गर्न नसकेको भन्दै पैसा र भागवण्डाको खेल खेलेर कति दिन सम्म जनताको घ्रिणाको पात्र बन्ने भनेर प्रश्न पनि गरेका छन् ।







