९ महिनामा ६ लाख श्रमजिवी वैदेशिक रोजगारमा

Share:

काठमाडौं
वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षमा छ लाख नेपालीले वैदेशिक रोजगारीको निमित्त श्रम स्विकृत गरेको जनाएको छ जसमा पाँच लाख अठ्चालिस हजार छ सय चौसट्ठी पुरुष र त्रिपन्न हजार चार सय उनान्नब्बे महिला रहेका छन् । यो नयाँ तथा पुनः श्रम स्वीकृती लिनेको संख्या हो ।

गत वर्षको तुलनामा संस्थागत तथा व्यक्तिगत अन्तिम श्रम स्वीकृती लिने नेपालीको संख्या ५१ दशमलव ५ तथा पुनः श्रम स्वीकृती लिनेको संख्यामा ५ दशमलव ५ प्रतिशतले बढेको छ । श्रावण महिनामा ६३ हजार ३९, भाद्र महिनामा ७६ हजार ४ सय ३, आश्विन महिनामा ६२ हजार ७ सय ६, कात्र्तिक महिनामा ७८ हजार ३ सय ७०, मङ्सिर महिनामा ६८ हजार ५ सय ६४, पौष महिनामा ६५ हजार ४ सय ६४, फाल्गुण महिनामा ६१ ह्जार ८ सय ४५ र चैत्रमा ६१ ह्जार ४ सय ७८ जनाले श्रम स्वीकृती लिएको देखिन्छ । वैदेशिक रोजगारीको निमित्त नेपालीहरुको बढी रोजाईमा परेका देशहरु मलेशिया, साउदी अरब, कतार तथा संयुक्त अरब ईमिरेट लगायतका छन् ।

विभागका अनुसार प्रत्येक दिन लगभग दुई हजारको संख्यामा श्रम स्वीकृती जारी हुने गरेको छ ।

वैदृशिक रोजगारीमा जानेको संख्यामा देखिएको बृद्धी संगै नेपालको वैदेशिक मुद्रा आप्रवाहमा पनि सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आ.ब.को नौ महिनामा करिब ९ खर्ब ३ अर्ब ३९ करोड रुपैंया नेपाल भित्रिएको छ जुन अघिल्लो आ.ब.को यही अवधिको तुलनामा २४ दशमलव २ प्रतिशतले बढी हो ।

कमेन्ट गर्नुहोस्