गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, के-के छन् एजेन्डा ?

Share:

गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडले १३ औँ वार्षिक साधारणभा डाकेको छ। कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो बैशाख ६ गते आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीको सभा काठमाडौँस्थित राज भवन तिनकुनेमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७/७८ का  लागि कुल  १३.२७१२७७२ प्रतिशत बोनश सेयर (करसमेत) लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ  ।

बोनश सेयर जारी पश्चात वृद्धि हुने कम्पनीको जारी, अधिकृत र चुक्ता पूँजीलाई सोही अनुरुप वृद्धि गरी कम्पनीका प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

त्यस्तै, सभाले २०७७/७८ वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि प्रस्ताव गर्नेछ ।

सभाले गुराँस लाइफ इन्स्योरेन्स, यूनियन लाइफ र प्राइम लाइफ कम्पनी एक आपसमा गाभ्न/गाभिनका लागि मुल्याङकनकर्ताबाट तयार पारिएको चल अचल सम्पत्ती, दायित्व मुल्याङकन प्रतिवेदन, तिनै कम्पनीको सेयर अनुपात क्रमश: १ः१ः१ कायम गरी गाभ्ने गाभिने मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव गर्नेछ । अन्तिम स्वीकृती तथा मर्जर सम्बद्ध सम्झौताको अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन पाउन योग्य हुनेछन्।

कमेन्ट गर्नुहोस्