फागुन महिनामा एक दर्जनभन्दा बढी सहकारी कालोसूचीमा (नामसहित)

Share:

फागुन महिनामा एक दर्जनभन्दा बढी सहकारी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार फागुन महनिामा १४ वटा सहकारी कालोसूचीमा परेका हुन् ।

कालोसूचीमा पर्ने सहकारीहरुमा कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, पिपुल्स बचत तथा ऋण सहकारी संस्था, चुरियामाई बचत तथा ऋण सहकारी संस्था, शिभम बचत तथा ऋण सहकारी संस्था, सबल पशुपालन सहकारी संस्था, मल्लिकार्जुन कृषि सहकारी संस्था, समान्ता सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, नमो बचत तथा ऋण सहकारी संस्था र मित्र मिलान सेभिङ एण्ड क्रेडिट को अपरेटिभ सोसाइटी लिमिटेड रहेका छन् ।

त्यसैगरी, पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था, नवसवाल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, शंखनाथ बचत तथा ऋण सहकारी संस्था, शिव शिखर बहुउद्देश्यीय को अपरेटिभ र शिवालय सेभिङ एण्ड क्रेडिट को अपरेटिभ पनि कालोसूचीमा परेका छन् ।

गत फागुन महिनामा दुई हजार भन्दा बढी संख्यामा ऋणीहरु कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार फागुन महिनामा दुई हजार दुई सय ५० ऋणी कालोसूचीमा परेका हुन् ।

यसरी कालोसूचीमा पर्नेमा कृषि फार्मदेखि उद्योगी, व्यापारी, कम्पनी तथा व्यक्तिहरू छ ।

कमेन्ट गर्नुहोस्