प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सामेल हुने कांग्रेसको निर्णय

Share:

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा पनि जाने निर्णय गरेको हाे ।

प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । सरकारले संविधानको रक्षा, विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने अपेक्षासहित समर्थन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा। प्रकाशरण महतले जानकारी दिए ।

डा. महतका अनुसार सरकारमा सहभागिता भने प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र हुनेछ ।

मन्त्री छानेटका लागि मापदण्ड

आइतबारको बैठकले मन्त्रिपरिषद्‍मा सहभागी हुने मन्त्रीहरुका लागि मादण्डसमेत ताेकेकाे छ । जसअनुसार योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्यनजर राखेर मन्त्री पठाउने मापदण्ड बनाएको महतले बताए ।

‘यही मापदण्डका आधारमा नेतृत्वले सबैको सुझाव सल्लाह लिएर ककसलाई पठाउने भन्ने निर्णय गर्नेछ’, प्रवक्ता महतकाे भनाइ छ ।

कमेन्ट गर्नुहोस्