
रोयल इनफिल्ड मोटरसाइकलले २ वटा शोरुम सञ्चालनमा ल्याएको छ । रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले कम्पनीको मापदण्ड अनुसार काठमाडौंको नारायणचार नक्साल र काटेश्वर बालकुमारी पुलनजिकै अत्याधुनिक दुई वटा शोरुम निर्माण गरि आज चैत ४ गतेबाट सञ्चालनमा ल्याएको हो ।

उक्त शोरुमको त्रिवेणी ग्रपका अध्यक्ष पुर्षोतम लाल सघाईले विशेष कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । रोयल इर्नाफल्ड मोटरसाड्कल शोरुम “वाइकर्स होमको” अवधारणामा निर्माण गरिएका छ । शोरुमबाट बाइक, राइडिङ गियर, जेनबिन मोटरसाइकल एसेसरिज, स्पेयर्स पाटर्स बिक्री तथा बिक्री पछाडिका सेवाको व्यवस्था गरिएको छ । कम्पनीको मुख्य उद्देश्य “ग्राहक सन्तुष्टि नै हाम्रो सन्तुष्टि” रहेको छ ।

रोयल इनफिल्ड विश्वको एक मात्र सबैभन्दाभन्दा पुरानो मोटरसाइकल कम्पनी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
अल्फा अटोमाटिभ प्रालिले आफ्ना एवं डिलर समेत गरि कम्पनी मापदण्डका हाल ६ वटा (नक्साल, काटेश्वर, पोखरा, बुटवल, धरान र इटहरी) शोरुम सञ्चालन गरिरहेको छ भने चैत्र महिनाभित्र थप ४ वटा (बिर्तामाड, टाडी, सुर्खेत र भक्तपुर) सञ्चालनमा आउनेछन् ।

असार महिनाभित्र थप ८ वटा (बिराटनगर, राजविराज, जनकपुर, हेटौंडा, नारायणणढ, दाङ, नेपालगञ्ज र त्रिपुरेश्वर) संचालनमा ल्याएर कुल १८ वटा शोरुमबाट बाइक, राइडिङ गियर, जेनबिन मोटरसाइकल एसेसरिज, स्पेयर्स पाटर्स बिक्री र सर्भिसिङ्ग लगाएतका सेवाप्रदान गरिने कपनिले जनाएको छ ।

अल्फा अटोमाटिभ प्रालि त्रिवेणी ग्रुपका अटोमाटिभ डिभिजन अन्तर्गतको कम्पनी हो । त्रिवेणी ग्रुपले उत्पादनमुलक उद्योग, व्यवसाय, बैंकिङ्ग, बीमा एव सर्भिस सेक्टरमा कार्य गरिरहेको छ।












