सेयर बजारमा दोहोरो अंकको गिरावट

98
0
Share:

पछिल्लो समय सेयर बजारमा निरन्तर गिरावट आउन थालेको छ । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

बुधबार सेयर बजार कारोबार मापक नेप्से परिसूचक १३.९० अंकले घटेको छ । योसँगै आज नेप्से परिसूचक २०९१.५६ बिन्दुमा झरेको छ ।

ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.६६ अंकले घटेर ४००.०३ बिन्दुमा ओर्लिएको छ ।

सूचकसँगै कारोबार रकम पनि एक अर्ब ७३ करोड २५ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । कारोबार अवधिभर २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच भएको छ ।

आज उत्पादन तथा प्रशोधन मुलकको सूचक बाहेक सबैमा गिरावट देखिन्छ । आज १७६ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउदा ३७ वटा कम्पनीको सेयर मूल्यमा भने सुधार देखिएको छ ।

आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ६ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, अरुण काबेली, एनआईसी एसिया बैंक, हिमालयन डिष्टिलरी, ङादी ग्रुप पावर, अपर तामाकोशी, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक र सानिमा माईको सर्वाधिक कारोबार भएको छ।

आज यूनिलिभर नेपाल लघुवित्तको सेयरमूल्य सबैभन्दा बढी ८.५४ प्रतिशतले बढेको छ । बाराही हाइड्रोपावर, कर्पोरेट डेपलभमेन्ट बैंक, अरुण भ्याली हाइड्रोपावरलगायत कम्पनीको सेयर मूल्य बढेको छ ।

त्यसैगरी, विजय लघुवित्त, महुली लघुपवित्त लगायतका अन्य कम्पनीको सेयर मूल्य घटेको छ ।

कमेन्ट गर्नुहोस्