खराब कर्जा भनेको के हो ? यस्तो छ खराब कर्जा सम्बन्धी थप व्यवस्था

399
0
Share:

बैंक वित्तीय संस्थाले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई खराब कर्जा भनिन्छ । यसलाई नन पर्फमिङ लोन अर्थात् एनपिएल पनि भनिन्छ ।

सामान्यतया बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरेका असल तथा सुक्ष्म निगरानीमा रहेका कर्जालाई सक्रिय कर्जा र भाका नाघेका कर्जालाई निष्कृय कर्जा हो ।

नेपाल राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त संस्थाहरुले प्रवाह गरेको कर्जा र सापटको साँवा वा ब्याज भुक्तानी हुनुपर्ने भाका नाघेको अवधिका आधारमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ ।

ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछि सम्म पनि बैंकले आफूले दिएको ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जा अन्तर्गत राखिन्छ । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ जारी गर्दै खराब कर्जा सम्बन्धी थप व्यवस्था गरेको छ ।

यस्तो छ खराब कर्जा सम्बन्धी थप व्यवस्था

भाखा नाघेको वा ननाघेको कुनै पनि कर्जा/सापटलाई देहायको कुनै पनि अवस्थामा खराब कर्जामा वर्गीकरण गर्नुपर्नेछ र सो को लागि बैंक तथा वित्तीय संस्थाले उपयुक्त प्रणाली एवम् पूर्वाधारको विकास गर्नुपर्नेछ :-

(क) ऋणी टाट पल्टेमा वा टाट पल्टेको घोषणा भएमा ।

(ख) ऋणी बेपत्ता भएमा वा ९० दिनसम्म सम्पर्कमा नआएमा ।

(ग) कर्जा दुरुपयोग भएमा,
“दुरुपयोग” भन्नाले जुन प्रयोजनको लागि कर्जा लिएको हो सोही प्रयोजनमा प्रयोग नगरेको, परियोजना सञ्चालनमा नरहेको, सम्बन्धित परियोजना,व्यवसायबाट आर्जित रकम ऋण तिर्नमा नलगाई अन्य कार्यमा प्रयोग गरेको, निरीक्षण तथा सुपरिवेक्षणको क्रममा सुपरिवेक्षक, लेखा परीक्षणको क्रममा लेखापरीक्षकबाट दुरुपयोग भएको प्रमाणित भएमा कर्जा तथा सुविधाको दुरुपयोग गरेको सम्झनु पर्छ ।

(घ) परियोजना/व्यवसाय सञ्चालन हुने अवस्था नरहेमा, परियोजना वा व्यवसाय सञ्चालनमा नभएमा ।

(ङ) प्रतीतपत्र, जमानत तथा अन्य सम्भावित दायित्वहरु फोर्स लोनको रुपमा कोषमा आधारित
कर्जामा परिणत भएको अवस्थामा त्यसरी कर्जामा परिणत भएको मितिले ९० दिनसम्म असुली नभएमा ।

(च) कर्जा असुल हुन नसकी लिलामी प्रक्रिया शुरु भएको वा असुली प्रक्रिया अन्तर्गत अदालतमा मुद्दा
चलिरहेको अवस्थामा ।

(छ) कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेका ऋणीलाई नयाँ वा थप कर्जा प्रदान गरेको अवस्थामा ।

(ज) सुरक्षणको बजार मूल्यले कर्जाको सुरक्षण हुन नसक्ने भएमा,

यस प्रयोजनको लागी सुरक्षण भन्नाले अचल सम्पत्ति धितो मात्र नभई परियोजना तथा परियोजनाको चल
सम्पत्ति समेतलाई जनाउने छ ।

(झ) खरिद वा डिस्काउन्ट गरेको बिल्सको भुक्तानी मिति (मगभ मबतभ) ले ९० दिनसम्म असुली नभएमा ।

(ञ) कुनै व्यक्ति/फर्म/कम्पनीको नाममा रहेको कर्जा अर्को व्यक्ति/फर्म/कम्पनीले उपभोग गरेको अवस्थामा, तर एउटै समूहमा पर्ने फर्मकम्पनीको हकमा कुल सीमा कायम गर्न बाधा पुग्ने छैन ।

(ट) टि.आर.कर्जा (Trust Receipt Loan) भुक्तानी गर्ने प्रयोजनको लागि प्रतीतपत्र खोल्दाका बखत उल्लेख नगरिएको अन्य कुनै नयाँ कर्जा स्वीकृत गरी प्रवाह भएमा ।

(ठ) Credit Card कर्जा भाखा नाघेको मितिले ९० दिनभित्र अपलेखन नभएमा ।

(ड) ऋणीले एउटै मिति वा अवधिको अलग अलग वित्तीय विवरण पेश गरेको अवस्थामा ।

(ढ) बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई सम्बद्ध व्यक्ति वा संस्थालाई कर्जा/सापट प्रदान गरेमा ।

कमेन्ट गर्नुहोस्