रिडी पावरको सेयर कारोबार फुकुवा

237
0
Share:

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रिडी पावर कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ। नेप्सेको आजको निर्णयबाट रिडी पावरको सेयर कारोबार फुकुवा भएको छ। अब रिडी पावर कम्पनीको सेयर भोलि (सोमबारबाट) कारोबारमा आउने छ ।

कम्पनीले गत मसिर ६ गते कारोबार समयमा संचालक समितिको बैठक बसी आव २०७८/७९ को लाभांश घोषणा सम्बन्धी पत्र कारोबार समयपश्चात नेप्सेमा पठाएकोमा नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो ।

रिडी पावरले आज मंसिर १८ गते पत्र पठाउँदै अबदेखि यस्तो कमी–कमजोरी नगर्ने प्रतिबद्धता जनाएपछि सचेत गराउँदै कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ।

कमेन्ट गर्नुहोस्