
निर्वाचनपछि पहिलो दिन खुलेको सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ ।
आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर १८२९.७० बिन्दुमा ओर्लिएको छ ।
यसदिन ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १.४७ अंकले घटेर ३७९.५९ बिन्दुमा ओर्लिएको छ ।
कारोबार अवधिभर २२८ कम्पनीको ३७ लाख ६३ हजार ८३६ कित्ता सेयर १ अर्ब ३५ करोड २८ लाख ८५ हजार रुपैयाँमा किनबेच भएको छ ।
यसदिन २ वटा समूहबाहेक ११ वटै सूचक राताम्मे बनेको छ । मंगलबार ५२ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १३२ कम्पनीको सेयरमूल्य घटेको छ । आज ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
कमेन्ट गर्नुहोस्








