सप्तरी–२ (१) मा प्रदेश अर्थमन्‍त्रीलाई हराउँदै जनमत पार्टीका सिंह विजयी

138
0
Share:

सप्तरी २ (१) मा जनमत पार्टीका सतिशकुमार सिंह विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्दी प्रदेशका अर्थमन्त्री समेत रहेका जसपाका शैलेन्द्रप्रसाद साहलाई पराजित गर्दै १६ हजार ७ सय ३४ मतका साथ निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी साहले ८ हजार २ सय ९२ मत प्राप्त गरे । विजयी सिंह गत स्थानीय तहको चुनावमा सप्तरीको तिलाठी कोईलाडी गाँउपालिका अध्यक्षमा पराजित भएका थिए ।

लोसपाबाट उम्मेदवार भई गाउँपालिका अध्यक्षमा पराजित भएपछि उनी जनमत पार्टीमा प्रवैश गर्दै प्रदेशसभा समा दस्यउम्मेदवार बनेका थिए ।मधेश प्रदेश सभामा जनमत पार्टीको यो दोस्रो जित हो । यसअघि सप्तरी–२ को प्रदेशसभा २ मा जनमत पार्टीर्कै महेशकुमार यादव विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्