बरुण हाइड्रोपावको खुद नाफा करिब ११ प्रतिशतले घट्यो

163
0
Share:

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म  ८८ लाख ८२ हजार खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा कम्पनीको खुद नाफा १० दशमलव ८६ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले  ९९ लाख ६४ हजार खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी १८ दशमलव २१ प्रतिशत बढी भएको छ । गत वर्ष  ३ करोड २४ लाखभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष  ३ करोड ८३ लाखभन्दा बढी यो आम्दानी गरेको हो ।

विद्युत विक्री आम्दानी बढेपनि वित्तीय खर्च बढ्दा कम्पनीको खुद नाफा घटेको हो । गत वर्ष  ४० लाख ३४ हजार वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ५० लाख ९६ हजार वित्तीय खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २६ करोड ७९ लाख ७ हजार रहेको कम्पनीको रिटेन्ड अर्निग  १ करोड ७१ लाखभन्दा बढी रहेको छ ।

कुल चालू सम्पत्ति २४ करोड ५५ लाखभन्दा बढी रहेको कम्पनीको कुल चालू दायित्व २० करोड ९९ लाखभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी  १६ दशमलव ९२ रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ दशमलव ३९ रहेको छ ।

कमेन्ट गर्नुहोस्