आम्दानी घटेसँगै नेपाल टेलिकमको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

159
0
Share:

नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिसम्म आइपुग्दा कम्पनीको नाफामा सामान्य गिरावट आएको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद नाफा १.५२ प्रतिशतले घटेर अर्ब २२ करोड ५५ लाख रुपैयाँमा खुम्चिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफामा समेत गिरावट आएको हो । असोज मसान्तसम्म कम्पनीको आम्दानी ७.१४ प्रतिशत घटेर ९ अर्ब ७ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको अन्य आम्दानी भने समीक्षा अवधिमा ६६.७३ प्रतिशत बढेर १ अर्ब ९६ करोड २५ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७९ अर्ब २९ करोड १६ लाख रुपैयाँ सञ्चित छ।

नाफा घटेको र चुक्ता पूँजी बढेका कारण कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ ८१ पैसा घटेर ४९ रुपैयाँ ४६ पैसामा झरेको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५४० रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.४८ गुणा रहेको छ।

कमेन्ट गर्नुहोस्