नबिल बैंकको कोहलपुर शाखामा आगलागी

174
0
Share:

बाँके कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आगलागी भएको छ ।

घरको दोस्रो तलामा आगलागी भएको हो । बुधबार बिहान ५ः२५ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दमकलको सहायताले आगो निभाइएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्