छ्याङ्दी हाइड्रोपावरको नाफासँगै ईपीएस पनि घट्यो, अन्य सूचक कस्ता छन् ?

177
0
Share:

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालू आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफा ६८.७६ प्रतिशतले घटेर २३ लाख ८६ हजार रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ७६ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको विद्युत बिक्रीको आम्दानी ११.२३ प्रतिशतले बढेर २ करोड ५ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको थियो।

चुक्तापुँजी ३८ करोड ६९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ करोड ३१ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७५.९५ प्रतिशतले घटेर २.४७ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस १०.२७ रुपैयाँ थियो। मूल्य अनुपात आम्दानी (पीई रेसियो) १०१.३३ गुणा रहेको कम्पनी प्रतिसेयर नेटवर्थ ९८.९४ रुपैयाँ रहेको छ।

 

कमेन्ट गर्नुहोस्