एसियन लाइफ इन्स्योरेन्सको प्रमुख सूचकहरुमा सन्तोषजनक प्रगति

151
0
Share:

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

प्रथम त्रैमासमा कम्पनीको खुद नाफा २१.५८ प्रतिशतले बढेर ११ करोड ७० लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आम्दानी पनि ४.२६ प्रतिशतले बढेर १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ६१ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ ।

असोज मसान्तसम्म कम्पनीले ४६ करोड ६५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३५ करोड ८८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च बढेर १० करोड ७० लाख रुपैयाँ भएको छ । यो अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर ३३ अर्ब ६३ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा जीवन बीमा कोषमा २७ अर्ब ९५ करोड रुपैयाँमा सीमित थियो।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १८.४४ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) २३.८० गुणा र प्रतिसेयर नेटवर्थ १३२.९८ रुपैयाँ रहेको छ।

कमेन्ट गर्नुहोस्