मेगा बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

171
0
Share:

मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी १२ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

कमेन्ट गर्नुहोस्