
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको कुल ४ लाख कित्ता साधारण सेयर आज (सोमबार) सूचीकृत भएको हो ।
खप्तड लघुवित्तले पहिलो कारोबारको लागि १०१.०७ रुपैयाँ देखि ३०३.२१ रुपैयाँको सुरुवाती कारोबार रेञ्ज पाएको छ । कारोबार संकेत केएलबिएस रहेको छ ।
उक्त सेयर भोलि (मंगलबार)बाट धोतोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले भदौ ८ गतेदेखि १२ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा एक लाख ३२ हजार कित्ता सेयर आईपीओ सर्वसाधारणमा बिक्री गरेको थियो ।

कमेन्ट गर्नुहोस्








