
कुमारी बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुमारी बैंकको ‘११ प्रतिशत केबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।
कुमारी बैंकले वार्षिक ११ प्रतिशत ब्याज भएको १० वर्षे अवधिको ऋणपत्र बिक्री गरेको थियो ।
कुमारी बैंकले गत भदौ १७ गतेदेखि भदौ ३१ गतेसम्म १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गरेको थियो। कुल ३ अर्ब बराबरको ऋणपत्रमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिने तथा १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिएको थियो। यो ऋणपत्रको बाँडफाँड भने गत असोज ७ गते गरिएको थियो।
कमेन्ट गर्नुहोस्








