
साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । गत बिहीबार २३.५२ अंकले घटेर १८९३ बिन्दुमा रोकिएको बजार आज पनि दोहोरो अंकले घटेको हो ।
आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक १०.५४ अंकले घटेर १८८३.१६ बिन्दुमा ओर्लिएको छ ।
यसदिन ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १.८३ अंकले घटेर ३७०.५३ बिन्दुमा ओर्लिएको छ ।
कारोबार अवधिभर २२५ कम्पनीको २० लाख २८ हजार २४८ कित्ता सेयर ७७ करोड ४९ लाख ९६ हजार ७०६ रुपैयाँमा किनबेच भएको छ । आज कारोबार रकममा समेत गिरावट देखिएको छ ।
यसदिन होटल एण्ड पर्यटन समूहबाहे १२ वटै सूचक राताम्मे बनेको छ । आइतबार ४४ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १३१ कम्पनीको सेयरमूल्य घटेको छ । आज १० कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
यसदिन लक्ष्मी इक्वीटी फण्डको सेयरमूल्य सर्वाधिक ७.९० प्रतिशतले बढेको छ ।
त्यसैगरी, नबिल ब्यालेन्स फण्ड-२ को सेयरमूल्य सर्वाधिक ६.९० प्रतिशतले घटेको छ । कारोबारमा भने शिवम् सिमेन्ट अब्बल देखिएको छ । शिवमले १० करोड ३९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार गरेको छ ।








