आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

178
0
Share:

साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक १०.५४ अंकले घटेर १८८३.१६ बिन्दुमा ओर्लिएको छ ।

कारोबार अवधिभर २२५ कम्पनीको २० लाख २८ हजार २४८ कित्ता सेयर ७७ करोड ४९ लाख ९६ हजार ७०६ रुपैयाँमा किनबेच भएको छ । यसदिन होटल एण्ड पर्यटन समूहबाहे १२ वटै सूचक राताम्मे बनेको छ ।

आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फण्डका इकाईधनीले कमाएका छन् । फण्डको सेयरमूल्य ७.९० प्रतिशतले बढेको छ । लक्ष्मी उन्नती कोषको सेयरमूल्य ३.७७ प्रतिशतले बढेको छ ।

त्यसैगरी, मन्दाकिनी हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, गोर्खाज फाइनान्स, ओरेन्टल होटल्स, समृद्धि फाइनान्स, किसान लघुवित्त र सनराइज फर्स्ट म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।

कमेन्ट गर्नुहोस्