वर्तमान गठबन्धन देशको विकास र समृद्धिको बाधक : अध्यक्ष ओली

165
0
Share:

 नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । कैलालीको अत्तरियामा आज आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन विकास र समृद्धिको बाधक भएकाले जनताले एमालेलाई नै मतदान गरेर देशको नेतृत्व दिलाउने बताए । “मङ्सिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्छ, राष्ट्रिय महत्वका योजना अघि बढ्छन्”, उनले भने । एमालेलाई जिताउन कसैले रोक्न नसक्ने ठोकुवा गर्दै उनले ज्येष्ठ नागरिक, बालबालिका, युवा, अशक्त र अन्यायमा परेका नागरिकलाई एमालेले सम्झने बताए ।

अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलका नेतालाई देशको विकास, समृद्धि र राष्ट्रियताप्रति चिन्ता र चासो नदेखिएको टिप्पणी गरे । वर्तमान गठबन्धन देशको विकास र समृद्धिका लागि नभई भागबण्डाका लागि भएको उनको आरोप थियो । एमाले नेतृत्वको सरकारले ४१ महिना ८२ वटा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै उनले देशको समृद्धि र विकासका लागि एमाले सरकार नै आवश्यक भएको बताए ।

पछिल्लो समय देश अस्थिरतातर्फउन्मुख भइरहेको दाबी गर्दै अध्यक्ष ओलीले देश बनाउने योजना एमालेसँग मात्र भएको बताए । उनले गठबन्धनसँग देशको विकास र समृद्धिका लागि कुनै नीति कार्यक्रम नभएको आरोप लगाए । अध्यक्ष ओलीले गरिब, असहाय, सुकुम्बासी र मुक्तकमैयाका समस्या एमालेले मात्रै समाधान गर्नसक्ने दाबी गरे । ‘स्वाधीनताका पक्षमा लाग्ने पार्टीलाई जनताले जिताउँछन्’ लम्की– कैलालीको लम्कीमा आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनमार्फत जनताले राष्ट्रियता, स्वाधीताका पक्षमा दृढतापूर्वक लाग्ने पार्टीलाई विजयी गराउने बताए ।

कमेन्ट गर्नुहोस्