सुदूरपश्चिममा फेरि भूकम्पको धक्का महसुस

230
0
Share:

काठमाडौं । सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ। बेलुकी ८ बजेर १२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

सुदूरपश्चिमको डडेल्धुरा, अछाम, बाजुरा, कञ्चनपुर, डोटी, कैलाली लगायतका सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । ५.४ रेक्टरस्केलकाे भूकम्पकाे केन्द्रविन्दु बझाङकाे पतादेवल रहेकाे थियाे ।

कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । यसअघि गत २२ गते डोटी केन्द्रविन्दु भएर लगातार तीनवटा भूकम्प गएका थिए । भूकम्पमा मानवीय क्षति समेत भएको थियो ।

कमेन्ट गर्नुहोस्