पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई ग्लोबल आइएमई बैंकको आग्रह

210
0
Share:

ग्लोबल आइएमई बैंकले पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

बैंकले आर्थिक वर्ष २०६६–६७, २०६७–६८, २०६८–६९ र २०७०–७१ सम्मको नगद लाभांश लिन आउन सूचना जारी गरेको हो । बैंकले सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र लाभांश बुझिलिन आग्रह गरेको छ ।

तोकिएको समयभित्र लाभांश लिन नआएको खण्डमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले स्पष्ट पारेको छ ।

बैंकले लाभांश लिन बाँकी सेयरधनीहरुले बैंकको सेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । लाभांश लिन बाँकी सेयरधनीहरुको विवरण ग्लोबल आइएमई बैंक र ग्लोबल आइएमई क्यापिटलको वेबसाइटमा हेर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्