
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कार्तिक १८ गते साधारण सभा तथा लाभांश प्रयोजनका शेयर दाखिल खारेज बन्द (बुकक्लोज) मिति तोकेको छ । तसर्थ, आज (बिहीबार) कार्तिक १७ गतेसम्म कारोबार गरी कायम रहेका सेयरधनीहरु साधारण सभामा भाग लिन पाउनुका साथै १५.७८९५ नगद लाभांशका लागि योग्य हुनेछन् ।
इन्स्योरेन्सले आफ्नो २२औं बार्षिक साधारण सभा यहि मंसीर ८ गते बिहिबारको दिन होटल भिष्वा, वीरगंजमा बिहान ९ बजे डाकेको छ ।
इन्स्योरेन्सले साधारण सभामा आर्थिक बर्ष २०७७/७८ सम्मको संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ को १५/७८९५ प्रतिशतले हुन आउने रकम रु १ अर्ब २९ करोड ५९ लाख ९४ हजार ७१९ बराबरको नगद लाभांश प्रस्ताव अघि सारेको छ । प्रस्तावित नगद लाभांश साधारण सभाबाट अनुमोदन भएपछि वितरण गरिनेछ ।
कमेन्ट गर्नुहोस्








