अरुण काबेलीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

162
0
Share:

अरुण काबेली पावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ । आजसम्म नेप्सेमा कायम भइ कारोबार गर्ने सेयरधनीहरुले मात्र आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि कात्तिक १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आज कात्तिक १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनी सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १८ करोड ५५ लाख २१ हजार ५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ५ लाख ६ हजार ५७ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आउँदो कात्तिक ३० गते आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ।

कमेन्ट गर्नुहोस्