उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत पुग्यो

179
0
Share:

बजार महंगी झन्डै ९ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को भदौ महिनाको तथ्यांकअनुसार उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत पुगेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत रहेको छ ।

२०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथापेय पदार्थ समूह अन्तर्गत फलफूल, घ्यू तथा तेल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र तरकारी उपसमूहको मूल्यवृद्धि क्रमशः १७.२९ प्रतिशत, १४.५३ प्रतिशत, १२.३० प्रतिशत, १०.२४ प्रतिशत र ९.९४
प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरुको मूल्य केही बढेको बैंकले जनाएको छ ।

तर उपभोक्ताहरु बजारको मूल्य थेग्न नसक्ने गरी बढिसकेको गुनासो गर्छन् ।

कमेन्ट गर्नुहोस्