
असोज महिनामा बैंकिङ प्रणालीमा ६२ अर्ब निक्षेप थप भएको छ । असोज महिनामा मात्रै सो रकमको निक्षेप बाणिज्य बैंकहरुआ थपिएको हो । चालु आर्थिक वर्षको तीन महिनासम्म बैंकहरुले ६९ अर्ब निक्षेप संकलन गरेका थिए ।
नेपाल बैंकर्स संघका अनुसार असोज लागेपछि बाणिज्य बैंकहरुको निक्षेपमा निकै राम्रो सुधार देखिएको हो ।
यस्तै, बैंकहरुले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा कुल ५६ अर्ब कर्जा लगानी गरेका छन् । यसमा असोज महिनाको मात्रै योगदान ३० अर्ब रुपैयाँको छ । अब बैंकहरुको कुल ऋण लगानी बढेर ४२ खर्ब २० अर्ब पुगेको छ ।
कमेन्ट गर्नुहोस्








