भदौमा १ खर्ब ८७ अर्ब रेमिट्यान्स नेपाल भित्रियो

177
0
Share:

भदौ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह करिब १९.८ प्रतिशतले बढेको छ । साउन र भदौमा १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

भदौमा रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भई १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही रेमिट्यान्स ५.८ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष रेमिट्यान्स ५.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भई १,०३,८९८ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९,१८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १९.५ प्रतिशतले वृद्धि भई रु.२०६ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही
अवधिमा यस्तो ट्रान्सफर ६.० प्रतिशतले घटेको थियो ।

कमेन्ट गर्नुहोस्