
दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर-किशोरी शव फेला परेको छ ।
तुलसीपुर उपमहानगरपालिका- १३ दमार गाउँकाे जंगलमा शव फेला परेको हाे । दमार गाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।
स्थानियका अनुसार उनीहरु तीन दिनअघि (असोज २७ गते) साँझ घरबाट हराएका थिए । उनीहरुको शव आइतबार जंगलमा गाडिएको अवस्थामा फेला परेकोले घटना शंकास्पद भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्








