नायक पल शाह दोषी ठहर, २ वर्ष ६ महिना कैद

323
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/1645630628_Paul_Shah_Actor-768×448.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/09/1645630628_Paul_Shah_Actor-368×216.webp 368w, arthasanjal.com/wp-content/uploads/2022/09/1645630628_Paul_Shah_Actor.webp 823w” sizes=”(max-width: 500px) 100vw, 500px” />

जिल्ला अदालत पुर्वी नवलपरासीले नायक पल शाह  (पूर्णविक्रम शाह) लाई साढे दुई वर्ष कैद सजाय सुनाएको छ । किशोरी बलात्कारको अभियोगमा परेका नायक पल शाहलाई अदालतले २ वर्ष ६ महिना कैद सजाय गरेको हो ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजालसले शाहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । बलात्कार मुद्दामा भने उनले सफाइ पाएपनि बालयौन दुरुपयोग गरेको अदालतको ठहर छ । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय हुने फैसलामा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्