
मोरङको जहादा गाउँपालिका ३ मा रहेको जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय उत्साहित भएका छन् ।
प्रदेश सरकारको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको सहयोगमा जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय उत्साहित भएका हुन । जहदा गाउँपालिकाको वडा नम्बर ३ चारैतिरवाट जुडीखोलाले घेरिएकाले पुल नहुँदा आवतजावत गर्न स्थानीयलाई समस्या हुने गरेको थियो । वडा अध्यक्ष अनिलकुमार ठाकुरले वर्षायाममा नजिकैको टोलमा पुग्न घण्टौ हिड्नुपर्ने समस्या अन्त भएको बताए।
“खोला तर्न नसक्नेले आधा किलोमिटर बाटोको दुरी कायम गर्न करिब पाँच किलोमिटर धुमेर पुग्नु पर्ने बाध्यता थियो”, वडा अध्यक्ष ठाकुरले भने, “झोलुङ्गे पुलले सहज बनायो । ”
साँघुरो बाटो र खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका स्थानीयले झोलुङ्गे पुल बनेसँगै सहजआवतजावत गर्न बनेको छ । वडाकै ववनटोली र जयरामपुरको बीचमा पर्ने जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा उत्साहित भएको स्थानीय ७३ वर्षिय सरुपलाल मलाहले बताए । झोलुङ्गे पुल बनेपछि आधा दर्जन वस्तीका करिब पाँचहजार व्यक्तिलाई आवतजावत गर्न सहज भएको उहाको भनाइ थियो । स्थानीय नारायण कामतले खोला तर्नुपर्ने समस्याबाट मुक्ति पाएको बताए ।
कूल २५ मिटर झोलुङ्गे पुल ३६ लाख लागतमा निर्माण भएको अध्यक्ष ठाकुरले जानकारी दिए । निर्माण सम्पन्न भएपछि दुवै बस्तीसँगै भारत विहारको सुनरीमण्ड सहित सिमावर्ती क्षेत्र डुमरिया, पोखरिया र लक्ष्मीनीयालगायतका वासिन्दालाई आवतजावत गर्न सहजभएको छ ।

arthasanjal.com/wp-content/uploads/2022/08/pull-768×576.webp 768w, 





