राप्ती हाइड्रोको सेयर बुधबारबाट कारोबार हुने

172
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/rapti-768×512.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/07/rapti.webp 810w” sizes=”(max-width: 450px) 100vw, 450px” />

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा बुधबार कारोबार हुने भएको छ ।

कम्पनीले आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएसँगै बुधबारबाट कारोबारमा हुने भएको हो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा हुने गर्छ।

यो कम्पनीको कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३१ लाख ८६ हजार ५२८ कित्ता, सर्वसाधारणको २३ लाख २८ हजार ६१७ कित्ता र स्थानीयको ६ ला १२ हजार ९७३ कित्ता छन्।

यो कम्पनीले गत असार २९ गतेदेखि साउन १ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरिएको थियो। आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको थियो।

यो आईपीओको बाँडफाँड गत साउन ९ गते भएको थियो।

नेप्सेले यो कम्पनीलाई आरएचजीसीएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यूनतम १०६.३५ रुपैयाँदेखि अधिकतममा ३१९.०५ रुपैयाँ तोकेको छ।

यदि भोलि स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि खुल्नेछ।

कमेन्ट गर्नुहोस्