
आज सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक २.१९ अंकले बढेर एक हजार ९ सय ९५ दशमलब २१ विन्दुमा बन्द भएको छ ।
यता, आज सेन्सेटिभ परिसूचक पनि १.१४ अंकले बढेर ३ सय ८८ दशमलब ९३ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १९ करोड ५लाख १६ हजार ६ सय ९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कुल १३ उपसमूहमध्ये ७ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ६ वटा समूहको सेयर मूल्य घटेको छ ।
आज ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०५ कम्पनीको सेयर मूल्य घटेको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/Share-1-768×407.jpg 768w, 






