
पिपुल्स पावर लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा आइतबार बाँडफाँट गरिएको हो ।
कम्पनीको आईपीओमा कुल १५ लाख ५६ हजार ५२५ जनाले १ करोड ८४ लाख ६८ हजार ७०० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ५ हजर ११२ आवेदन रद्ध भएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको थियो त्यसैले गोलाप्रथाको माध्यमबाट बाँडफाँट गरिएको थियो ।
१५ लाख ५१ हजार ४१३ आवेदकले १ करोड ६९ लाख १० हजार ६२० कित्ताका लागि दिएको आवेदन मात्रै सदर भएको छ । स्वीकृत आवेदनमध्ये २ लाख २९ हजार ४६८ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। सोमध्ये पनि भाग्यमानी २ जनाले थप १ कित्ता अर्थात ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
यो हिसाबले कुल सदर आवेदकमध्ये १३ लाख २१ हजार ९४५ आवेदकको हात खाली भएको छ।
कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि २२ लाख ९४ हजार ६ सय ८२ कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

arthasanjal.com/wp-content/uploads/2022/08/823-166167656130147646412247202816734973800520320252937264n-768×716.jpg 768w, 






