
साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । आइतबार सेयर बजार कारोबार मापक नेप्से परिसूचक ३३ अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.३६ अंकले घटेर १९८९.२६ बिन्दुमा ओर्लिएको छ ।
शुक्रबार सेयर बजार १६.९३ अंकले घटेर २०२२.६२ बिन्दुमा कारोबार रोकिएको थियो ।
यता ठुला तथा बलिया कम्पनीको अरोबर मापक सेन्सेटिभ परिसूचक पनि ६.०५ अंकले घटेर ३८५.७० बिन्दुमा रोकिएको छ ।
कारोबार अवधिभर २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५ करोड ९७ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
कुल १३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबै समूहको सेयर मूल्य घटेको छ आज ५ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १८२ कम्पनीको सेयर मूल्य घटेको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/01/nepse-woralo.jpg 703w” sizes=”(max-width: 424px) 100vw, 424px” />






