तेस्रो खेलमा बलिङ गर्दै नेपाल, अर्जुनको डेब्यु 

395
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/पजभि-1024×643.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/पजभि-768×482.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/पजभि-1536×964.webp 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/पजभि.webp 1553w” sizes=”(max-width: 478px) 100vw, 478px” />
केन्याविरुद्धको तेस्रो टी-२० खेलमा नेपालले पहिलो बलिङ गर्ने भएको छ । केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेपछि घरेलु टिमले ब्याटिङको निर्णय गरेको छ ।

नेपालले केन्यासँग पाँच टी-२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । केन्याविरुद्धको तेस्रो खेलमा नेपालले पहिलो ११ मा दुई खेलाडी परिवर्तन गरेको छ ।

नेपालबाट अर्जुन साउदले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका छन् । अर्जुनसँग साहब आलमले पहिलो रोजाईमा स्थान बनाएका हुन् । उनीहरू आसिफ शेख र वसिर आसिफ शेखको स्थानमा परेका हुन् ।

कमेन्ट गर्नुहोस्