श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ 

324
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/fb7ad4b492b9e93400d1b6de534d74a4-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/fb7ad4b492b9e93400d1b6de534d74a4.jpg 840w” sizes=”(max-width: 450px) 100vw, 450px” />
प्रतिमा कुमारी यादव, २३, को हत्या गरेको अभियोगमा प्रहरीले उनकै श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२३ इटियाही टोल बस्ने २६ वर्षीय दिनेश प्रसाद यादव छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

दिनेशले श्रीमतीको हत्या गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर ज्यान सम्बन्धी कसूर मुद्दामा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्