निहारिकाद्वारा आत्मदाहको प्रयास, आफैमाथी पेट्रोल खन्याएर आगो लगाउन खोज्दा प्रहरीले जोगायो

235
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/niharika-1-768×503.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/niharika-1.webp 983w” sizes=”(max-width: 458px) 100vw, 458px” />

न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । शुक्रवार दिउँसो ट्याक्सी चढेर शीतल निवास पुगेकी उनले सडकमै आफैमाथी पेट्रोल छर्केर आगो लगाउन लाग्दा सुरक्षार्थ तैनाथ प्रहरीले तत्कालै उद्धार गरे ।

काठमाडौंको बसन्तपुर डबलीमा आमरण अनसनमा रहेकी उनी शुक्रवार आत्मदाहको योजनासहित शीतल निवास पुगेकी थिइन् । आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि पुगेकी उनले आत्मदाहको प्रयास गरेकी हुन् । नहिारिकाले गत २० साउनबाट आमरण अनशन सुरू गरेकी थिइन् ।

प्रहरीले निहारिकाको साथबाट लाइटर र पेट्रोल हालिएको डब्बा बरामद गरेको छ । उनलाई छोरासहित महाराजगञ्ज वृत्तमा लगिएको छ ।

कमेन्ट गर्नुहोस्