
गेडागुडी तथा अन्नको आयात निर्यात गर्ने चाचान समूहको नारायणी मोडर्न पल्सेस इन्डस्ट्रिजको कारोबारको १३.९६ प्रतिशतले बढेको छ। २०२१ मा दुई अर्ब ५५ करोड २० लाख रुपैयाँ कारोबार गरेको कम्पनीले २०२० मा दुई अर्ब २३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो।
बिक्री बढ्दा उद्योगको व्यापार बढेको बताइएको छ। बारामा प्लान्ट रहेको उद्योग भारतीय सीमाभन्दा नजिक रहेकाले कच्चा पदार्थ ढुवानी खर्च जोगिने बताइएको छ।
२०१९ मा कम्पनीले दुई अर्ब ६८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो। उद्योगको जडित क्षमता वार्षिक ५० हजार टन छ।
कम्पनीमा मोहनलाल अग्रवाल र श्रावनकुमार चाचानको समान सेयर स्वामित्व छ। कम्पनीले काठमाडौं, पोखरा, इटहरी, भैरहवा, नेपालगञ्ज र जनकपुरमा बिक्री डिपो छन्।
कम्पनीले एक अर्ब ८३ करोड ७५ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। २० करोड ४० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि केयर रेटिङ्स नेपालबाट एनपी डबल बी रेटिङ पाएको छ। एक अर्ब ६३ करोड ३५ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि केयर रेटिङ्स नेपालले एनपी ए फोर प्लस रेटिङ पुन:पुष्टि गरेको छ।

arthasanjal.com/wp-content/uploads/2022/08/dana-1024×582.jpg 1024w, 






