उद्योग विभागको आदेश- गोर्खा इको प्यानलको ट्रेडमार्क हुबहु नगर

243
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/dd-1024×768.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/dd-768×576.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/dd-1536×1152.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/dd.jpg 2016w” sizes=”(max-width: 400px) 100vw, 400px” />
उद्योग विभागले इको प्यानल ट्रेडमार्क प्रयोग नगर्न/नगराउन नेपाल इको प्यानलको नाममा आदेश जारी गरेको छ । उजुरकर्ता इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिले आफ्नो दर्ता तथा ट्रेडमार्क प्रयोग गरी प्रचारप्रसार गरेको भनी दिएको उजुरीको आधारमा उद्योग विभागले नेपाल इको प्यानललाई उक्त आदेश जारी गरेको हो ।

विभागले उजुरी उपर छलफल गरी हाललाई अन्य कसैलाई पनि इको प्यानल ट्रेडमार्क प्रयोग नगर्न विपक्षीको नाममा आदेश जारी गरेको हो ।
उजुरकर्ताले इको प्यानल-गोर्खा इको प्यानल ट्रेडमार्कहरु २०७० सालदेखि नै प्रि-फ्याब उत्पादनहरुमा प्रयोग गर्दै आएको तथा सो ट्रेडमार्कहरु उद्योग विभागमा दर्ता गरी कानुनी हकसमेत प्राप्त गरेकोमा उक्त ट्रेडमार्कहरुको प्रतिष्ठाबाट अनुचित लाभ लिने उद्देश्यले इको प्यानल नेपाल प्रालिले उपर्युक्त ट्रेडमार्कहरुसँग हुबहु मिल्ने गरी नेपाल इको प्यानल नाम राखेको भन्दै विभागमा उजुरी दर्ता गरेको थियो ।

कम्पनीको ट्रेडमार्क इको प्यानलमा नेपाल शब्द अगाडि राखी गलत मनसायका साथ सो ट्रेडमार्क प्रयोग गरी उस्तै प्रकृतिको सामान उत्पादन गर्दै आएको र उपभोक्ता झुक्किने अवस्था विद्यमान रहेको कुरालाई मध्यनजर गर्दै उक्त आदेश जारी भएको छ । आदेशको पालना नगरे कानुन बमोजिम कडा कारबाही हुने पनि विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्